रुपन्देही क्षेत्र नं १ का सडक पुर्वाधार का लागि थप ८ करोड : संसद विश्वकर्मा

भैरहवा । रुपन्देहीको निर्वाचन क्षेत्र नं १ अन्तर्गत निर्माणाधिन ४ वटा सडकका लागि ८ करोड वजेट थप भएको छ । असार मसान्त भित्र काम सम्पन्न गर्ने गरी प्रति सडक २ करोडका दरले वजेट थप गरिएको प्रतिनिधी सभा सदस्य छविलाल विश्वकर्माले बताएका छन् । भारतीय सिमा दशगजाबाट निर्माण शुरु गरिएको रणनीतिक महत्वका सडकहरुको निर्माण कार्यलाई तिव्रता दिनका लागि बजेटको थप व्यवस्था गरिएको साथै क्षेत्रको कृषि,उद्योग,व्यवसाय र शिक्षा तथा स्वास्थ्यको विकासमा सडकको आवश्यकता पर्ने भएकाले उत्तर– दक्षिण जोड्ने गरी ५ वटा सडक योजना थालिएको बताए ।
थप गरिएको वजेट धागो कारखाना– भलुही– रामनगर कान्छीवजार वसन्तपुर सडक,ईमलिहवा–पिपरहवा–सेमरहवा–खैरेनी सडक,गणेशनगर–शिवपुर–व्यवरी–गंगोलिया–ओमसतिया सडक र भारतीय सिमा भगवानपुर खैरेनी सडक रहेका छन् । थप गरिएको वजेट कार्यान्वयनका लागि टेण्डर प्रकृया अघि बढेको डिभिजन सडक कार्यालय बुटवलका ईन्जीनियर कृष्ण कुँवरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial