लायन्स क्लब अफ रोहिणीमा च्याटर हेन्डओभर सर्टिफिकेट वितरण

भैरहवा । लायन्स क्लब अफ रोहिणी च्याटर हेन्डओभर सर्टिफिकेट वितरण कार्यक्रम सम्पन्न भएको छ । लायन्स अफ रोहिणीका संरक्षक एवं रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यता, रामग्राम शन्तिभूमिका संस्थापक अध्यक्ष सम्राट बस्याल, ताहिर अली, बैजनाथ साहनी, प्रदिप पाण्डेय, संजय गुप्ता, पूर्णिमा रौनियार लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संरक्षक रोहिणी गाउँपालिका अध्यक्ष यादवले लायन्स क्लबका अभियानमा स्थानीय सरकारले सहयोग गर्ने र क्लबमा आबद्ध हुनाले नेतृत्व विकास हुने बताए ।
कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले क्लबका सबै सदस्यहरुलाई चार्टर सर्टिफिकेट, पिन हस्तान्तरण गरेका थिए । लायन्स क्लब अफ रोहिणीका अध्यक्ष देवेन्द्र यादवको अध्यक्षता तथा सचिव संजय कौशलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial