मधेशी पत्रकार समाज रुपन्देहीको बैठक सम्पन्न

मर्चवार । मधेशी पत्रकार समाज नेपाल जिल्ला कार्यसमिति रुपन्देहीको भेला बुधबार मर्चवारको कोटहीमाई गाउँपालिका–६ स्थित मर्चवारी देवी मन्दिरमा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघको निर्वाचनको लागि उम्मेदवारहरुको छनौट, विभिन्न संघ संगठनसंग सहकार्य र पत्रकार महासंघको सदस्यता लगायतको विषयमा निर्णय गर्दै भेला सम्पन्न भएको हो । भेलाले मधेशी पत्रकार समाजबाट कोषाध्यक्ष रबिन्द्र प्रताप गुप्ता र कार्यसमिति सदस्य विवेक विश्वकर्मालाई समाजको प्रतिनिधित्व हुने गरि महासंघको निर्वाचनमा उम्मेदवार तोकेको छ ।
समाजका जिल्ला अध्यक्ष राधेश्याम विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न संघ–संगठनसंग सहकार्य गर्ने निर्णय पनि गरेको छ । समाजसंग सहकार्य गर्ने संघ–संगठनलाई समाजमा आवद्ध महासंघका सदस्यहरुले मतदान गर्ने निर्णय गरेको सचिव हृदयराम गुप्ताले जानकारी दिए ।
यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीले सबै प्रकृया पुगे पनि क्रियाशिल मधेशी पत्रकारलाई महासंघको सदस्यता प्रदान नगरेको भन्दै समाजले क्रियाशिल मधेशी पत्रकारहरुलाई सदस्यता दिने विषयमा महासंघको ध्यानाकर्षण गर्ने निर्णय समेत गरेको छ । मधेशी पत्रकार समाज, रुपन्देहीका सल्लाहकार विन्दु कुमार चौहानको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial