रोहिणीमा औलो रोग सम्बन्धि अभिमुखिकरण

भैरहवा । रुपन्देहीको रोहिणी गाउपालिकामा स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा सरकारी तथा गैरसरकारी स्वास्थ्यकर्मीहरुको लागि औलो रोगको व्यवस्थापन तथा उपचार सम्बन्धि अभिमुखिकरण रोहिणी ३ वडाकार्यालयको सभाहलमा सोमवार सम्पन्न भयो ।
अभिमुखिकरणमा औलो रोगको परिचय ,लक्षण ,चिन्ह ,उपचार एवं रोकथाम, नेपालमा औलो रोगको बारेमा गरिएका कार्यहरू आदिको वारेमा प्रशिक्षण दिइएको थियोे ।
अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका डा.राजेन्द्र गिरी ,निरीक्षक केदार शाह ,प्रदेश स्वास्थ्य औलो रोग कोडरडिनेटर डाक्टर सन्जिव रायले सहजीकरण गर्नुभएको थियोे । कार्यक्रममा ३४ जना स्वास्थ्यकर्मीहरु सहभागी भएका थिए ।
रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष वीर बहादुर क्षेत्रीको अध्यक्षता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial