धकधई रेडक्रस उपशाखाको १७ औं वार्षिक साधारणसभा सम्पन्न

भैरहवा । नेपाल रेडक्रस सोसाइटी उपशाखा धकधईको १७ औं वार्षिक साधारणसभा धकधईमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखाका सभापति अनिल कुमार कौशलको सभापतित्व तथा रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा रापप्राका केन्द्यि सदस्य ताहिर अली , नेपाली काग्रेश क्षेत्र नं १ का सचिव बैजनाथ साहनी , रेडक्रस उपशाखाका उपसभापति संजय गुप्ता, जनमत पार्टीका केन्द्यि सदस्य भोपेन्द्र प्रसाद यादव , जसपाका केन्द्रिय सदस्य देवेन्द्र पाण्डे सागर , तारानाथ त्रिपाठी ,धकधई सामुदायिक सेवा समाजका अध्यक्ष जय प्रकाश यादव, सतिषचन्द्र मिश्रा , राम नरेश यादव आर्दश माविका रामसुरेश वर्मा, अकबाल खाँन, आर मोहम्द खाँन लगायतले मानवीय कार्यमा रेडक्रसले गरेको भुमिका, योगदान तथा व्यक्तित्व विकाशमा यसले गरेको पारेको प्रभावको बारेमा आफ्नो धारणा राखेका थिए । भने कार्यक्रमको सञ्चालन पशुपति यादवले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial