छिपागढका विद्यार्थीलाई पोसाक वितरण

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वार्ड नं ४ ,वडा कार्यालयले छिपागढ स्थित श्री छिपागढ माविमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ ।
रोहिणी ४ का वडाअध्यक्ष तारानाथ यादवले विद्यालयमा अध्ययनरत कक्षा ११,१२ का ७१ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन् ।
वडाअध्यक्ष तारानाथ यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बबुन्न गद्दीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बंश बहादुर धवलको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन विद्यालयका शिक्षक अहमद अली अंसारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial