रोहिणीका ७ सामुदायिक विद्यालय लाई मास्क

भैरहवा । रुपन्देहीको रोहिणीका सात वटा सामुदायिक विद्यालयमा माक्स वितरण गरिएको छ । लुम्बिनी विकाश कोष द्वारा कोषका परिषद सदस्य बैजनाथ साहनीले रोहिणी गाउँपालिका सामुदायिक विद्यालयमा मास्क वितरण गरेका हुन् ।

सदस्य साहनीले श्री राम नरेश यादव आदर्श मावि स्वामीनगर धकधई ,पिपरहवाँ मावि, पजरकट्टी मावि ,छिपागढ मावि ,पोखरभिण्डी मावि , जनचेतना आधारभुत विद्यालय र पशुपति आधारभुत विद्यालयमा वितरण गरेका हुन् ।

सात वटा विद्यालयमा ६ हजार थान मास्क वितरण गरिएको कोषका परिषद सदस्य बैजनाथ साहनीले जानकारी दिए ।
सामुदायिक विद्यालय आंशिक सञ्चालनमा आउन थालेका छन् । महामारीमा सुरक्षा सतर्कता अपनाउन जरुरी रहेको कोषका परिषद सदस्य साहनीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial