धकधईमा जसपाको विरोध सभा

भैरहवा । जनता समाजवादी पार्टी रुपन्देहीले असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी कदम विरुद्ध रोहिणी गाउँपालिकाको धकधकईमा बुधबार आयोजना गरेको वृहत जनप्रदर्शन तथा विरोध सभा भव्यताकासाथ सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध आन्दोलनको कार्यक्रम धकधईमा विरोध कार्यक्रम आयोजना गरिएको हो ।
विरोध सभालाई सम्बोधन गर्न जसपाका कार्यकारिणी सदस्य राम सहाय यादव, केन्द्रिय सदस्य एवम् प्रदेश सह इन्चार्ज कमल खनाल,प्रदेश सदस्य कल्पना पाण्डेय , सन्तोष पाण्डेय , जिल्ला अध्यक्ष रामअवतार यादव ,केन्द्रिय सदस्य देवेन्द्र पाण्डेय , किस्मत विक, अतिउल्लाह मुसलमान,निलम यादव ,महेन्द्र यादव ,रवि रौनियार , विद्या यादव , रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव , धनेश्वारी चौधरी, प्रशान्त गुप्ता ,योगेन्द्र चौधरी ,जय प्रकाश यादव , रवि चौधरी लगायतको उपस्थिती रहेको थियो । जसपा रुपन्देहीका जिल्ला उपाध्यक्ष घनश्याम सिंह क्षेत्रीको अध्यक्षता रहेको सभामा गाउँगाउँका जनसमुदायहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial