अत्यधिक चिसो बढेपछि रोहिणीका विद्यालय चारदिन बन्द

भैरहवा । जिल्लामा चिसो बढेपछि रोहिणी गाउँपालिकाले चार दिन बिद्यालय बन्द गर्ने जनाएको छ । रुपन्देहीमा अत्यधिक चिसो बढेकाले पठनपाठनमा समस्या भएकाले चार दिने विदा दिने निर्णय भएको रोहिणी गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।
रोहिणी गाउँपालिका शिक्षा शाखाले एक सूचना जारी गदै मिती २०७७।१०।०४ देखि ०७७।१०।०७ गते सम्म यस गाउँपालिका अन्र्तगत रहेका सामुदायिक,संस्थागत तथा धार्मिक विद्यालयहरुमा बिदा दिने निर्णय भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial