सशस्त्र प्रहरी बल नेपाल बुची द्धारा कुखुरा बरामद

भैरहवा । भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरेका बोइलर कुखुरा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बुचीले बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक राधेकुमार बोम्जनको नेतृत्वको टोलीले अवैधरुपमा ल्याइएका एक लाख सत्ताइस हजार ५ सय मूल्य बराबरको बोइलर कुखुरा रोहिणी गाउँपालिका वडा न.५ बरवाँबाट बरामद गरेको हो ।
भारतबाट अबैधरुपमा कुखुरा ल्याउँदै गर्दा प्रहरीलाई देखेपछि तस्करहरु भागेको सशस्त्र प्रहरीले जनाएको छ । सरकारले बर्डफ्लुको कारण भारतीय पंक्षीजन्य वस्तुमा आयात प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाए पनि रुपन्देहीको धकधई, पजरकट्टी, मैनिहवाँ लगायतका सीमा क्षेत्रबाट अवैधरुपमा कुखुरा आयात हुने कार्य रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial