उद्योग वाणिज्य महासंघ लुम्बिनीको अध्यक्षमा भैरहवाका कृष्णप्रसाद शर्मा विजयी

भैरहवा । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा भैरहवाका कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न महासंघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमा महासंघका निवर्तमान केन्द्रिय सदस्य बुटवलका व्यवसायी सुरेन्द्र प्रसाद श्रेष्ठलाई पराजित गर्दै शर्मा विजयी भएका हुन् ।
शर्मा एसोसियटतर्फ खसेको १०१ मतमा ७८ र जिल्ला नगरतर्फ खसेको ३० मतमध्ये २२ मत प्राप्त गरेका छन् । उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अन्य पदाधिकारी र सदस्य भने यसअघि नै निर्विरोध रुपमा चयन भएको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले बताए । दुई उपाध्यक्ष, एक कोषाध्यक्ष सहित आठ सदस्यीय समिति निर्विरोध भइसकेको हो । शर्मा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन भने श्रेष्ठ बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial