त्रिदेवी बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईस्थित त्रिदेवी बचत तथा ऋण सहकारी संस्थाले शनिबार ९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थाका अध्यक्ष नारायण प्रसाद सिग्देलले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थाले कार्यक्रममा उत्कृष्ट बचतकर्ता र ऋणीरुलाई सम्मान समेत गरेको छ ।

बिरेन्द्र गौंडको सञ्चालनमा सम्पन्न कार्यक्रममा रोहिणी ३ वडाअध्यक्ष वीरबहादुर क्षेत्री, पूर्णिमा रौनियार, उसमान अली, रामचन्द्र ठाकुर, मोहम्मद इद्धिस खान, रामप्रसाद चौधरी ,सोना क्षेत्री, रोहित कुर्मी, बिरेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial