विद्यार्थीहरुलाई स्विटर वितरण

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका ७ मा रहेको श्री पजरकट्टी माध्यमिक विद्यालयका २ सय दश जना विद्यार्थीहरुलाई चिसोबाट बच्नका लागि स्विटर वितरण गरिएको छ ।
स्थानीय सन्दिप यादवको आर्थिक सहयोगमा स्विटर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मुबारक अलीले बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरज यादव ,रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख आर.मोहम्मद खाँन लगायतको उपस्थितिमा वितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial