रुपन्देहीको पाँचवटै क्षेत्रमा कांग्रेसद्वारा विरोध प्रदर्शन

भैरहवा । संसद् विघटन, सर्वसत्तावाद र भ्रष्टाचारका विरुद्धमा नेपाली कांग्रेसले सोमबार दिउँसो रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा एकैसाथ विरोध प्रदर्शन गरेको छ । संसद् विघटनको विरुद्धमा देशभरका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने केन्द्रिय कार्य समितिको निर्णयानुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध ¥याली निकालेर विरोध सभा गरिएको हो ।

यस्तै रुपन्देहीको क्षेत्र नम्बर १ को धकधईमा, क्षेत्र नम्बर २ को बुटवलको ट्राफिक चोकमा, क्षेत्र नम्बर ३ को भैरहवाको मिलनचोकमा, क्षेत्र नम्बर ४ को मझगवाँमा र क्षेत्र नम्बर ५ को सालझण्डीमा प्रदर्शन गरेको नेपाली कांग्रेस रुपन्देहीले जनाएको छ ।

पाँचवटै स्थानमा भएको विरोध सभालाई सम्वोधन गर्ने नेता एवं नेतृहरुले संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को विरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial