राप्रपाका युवा नेता रौनियारले दिए राजिनामा

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश समितिका प्रवक्ता रवि कुमार रौनियारले पार्टीबाट राजिनामा दिएका छन् ।
शनिबार भैरहवामा पत्रकार सम्मेलन गर्दै रौनियारले पार्टीका केन्द्रीय अध्यक्ष कमल थापासमक्ष जिल्ला अध्यक्ष सागरप्रताप राणामार्फत पत्र पठाउँदै राजिनामा दिएको बताए । २०६६ सालदेखि निरन्तर राप्रपाप्रति वफादार रही दिएका सम्पुर्ण जिम्मेवारी इमान्दारितापूर्वक निभाए पनि पार्टीले युवाहरुलाई अगाडि आई नेतृत्व गर्न प्रेरित गर्ने भने पनि व्यवहारमा लागु नगर्दा पार्टी आलोचित बन्नु परेको जनाएका छन् ।
राजीनामा पत्रमा उनले जिल्ला कार्यसमितिका केही पदाधिकारीहरुबाट आफ्नो चरित्र हत्या गर्ने प्रयास चलिरहेको बताउँदैं आफूले राजनीतिक स्थान खोज्नु लोकतान्त्रिक अधिकार भएको र यसलाई पार्टीका वरिष्ठ नेताहरुले गम्भीरतापूर्वक नलिएको बताए ।
रौनियार केही समयदेखि सामाजिक कार्यमा समेत अग्रसर छन । मायादेवी च्यारिटेबल फाउण्डेसनका सञ्चालक समेत रहेका रौनियार भैरहवामा २५ रुपैयाँमा शाकाहारी खाना खुवाउने अभियन्ता पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial