नेपाली कांग्रेसले भैरहवामा गर्‍यो नेकपा सरकार विरुद्ध वृहद विरोध प्रदर्शन

भैरहवा । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको हो । यसै क्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा भैरहवामा पनि कांग्रेसले बिरोध प्रदर्शन गरेको छ ।

भैरहवामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीहरुको नाईके भएको आरोप लगाए । ओली आफै भ्रष्टाचारमा संलग्न रहेको कारण भ्रष्टाचारीहरुलाई संरक्षण गरेको उनले आरोप लगाए । “तपाई भ्रष्टाचार निर्मूल गर्न चाहनुहुन्छ भने कुनै आम टेपले बोलेको छ, प्रिन्टिङ्ग प्रेसमा २५ अर्व भन्दा बढी भ्रष्टाचार भएको छ तर तपाईल आफ्ना कनिष्ट पुत्र गोकुल बास्कोटालाई किन कारवाहीको कठघरामा उभ्याउन सक्नु भएन हामीले प्रश्न गर्ने कि नगर्ने कि तपाई पनि भ्रष्टाचारमा संलग्न हुनुहुन्न ।” पाण्डेले भने ।

यसै गरि उनले अहिलेका कृषि मन्त्री घनश्याम भुषाल आफ्नो मित्र रहेको बताउदै उनलाई नैतिकताको आधारमा राजीनामा दिनु पर्ने जिकिर गरे । मन्त्री भएको १ बर्ष पुग्दा पनि सामान्य मल पनि उपलब्ध गराउन नसक्नेले नैतिकताको आधारमा राजीनामा दिनु पर्नेमा आफ्नो मन्त्री पद र केपी ओलीको सरकार जोगाउने तिर लागेको उनले बताए । यस्तै यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने अर्का मन्त्री बिष्णु प्रसाद पौडेललाई पनि उनले मन्त्री पदसित राजधानी साटेको बताए ।
“अहिले सरकारले माले, मशाल र मण्डले शैलीमा गुण्डागर्दी देखाएको आरोव लगाउदै पाण्डले अब आरपारको आन्दोलन गर्ने जनाए । “यो त टेलर मात्र हो, केपी ओलीको सरकारले कांग्रेसले जिस्काएर आरपार गर्नु परे राजतन्त्र जस्तै यो पनि फालिने छ ।” पाण्डेले भने

यस्तै सोही कार्यक्रममा बोल्दै संघिय संसदका लेखा समिति संयोजक भरत कुमार शाहले अहिलेको नेकपाको झगडा सैद्धान्तिक झगडा नभई भ्रष्टाचारको रकम बाँडफाँड नमिलेकोले भएको दावी गरे । उनले सरकारले अहिले हरेका कार्यमा भ्रष्टाचार गरेको आरोप समेत लगाए । “वाईड बडीमा १० अर्व भ्रष्टाचार गरेको छ, सेक्युरिटी प्रेसमा २५ अर्ब भ्रष्टाचार गरेको छ, यसले दवाई किन्नमा २० अर्व रुपैया भ्रष्टाचार गरेको छ जथाथोक भ्रष्टाचार छ, जता हात हाल्यो भ्रष्टाचार यिनीहरुको ध्यय नै पैसा कमाउने हो ।” शाहले भने ।

नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकको अध्यक्षतामा सम्पन्न बिरोध सभामा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, रुपन्देही क्षेत्र नम्बर ४ का संसद प्रमोद यादव, पूर्व सभासद ईश्तियाक अहमद खाँ, पूर्व जिल्ला सभापति रामचन्दै ढकाल लगायतले बोल्दै अहिलको सरकार अधिनायकबाट तर्फ उन्मुख भएको बताए । कांग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणको सञ्चालनमा भएको कार्यक्रममा उपसभापति सरिता चौधरीले स्वागत गरेकी थिईन ।

भैरहवाको बुद्धचोकबाट कांग्रेस कार्यकर्ताहरुले र्‍योली आयोजना गरि देवकोटा चोक, मिलन चोक, नारायणपथ हुदै पुनः बुद्धचोकमै आई बिरोध सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial