राजतन्त्र र हिन्दु रास्ट्र माग्दै भैरहवामा प्रदर्शन

भैरहवा । हिन्दु राष्ट्र र राजतन्त्रका समर्थकहरूले बिहिवार भैरहवामा पनि प्रदर्शन गरेका छन् ।
हिन्दुराष्ट्र नेपाल र राजतन्त्रको माग गर्दै प्रदर्शनमा सहभागी ठूलो संख्यामा सर्वसाधारणहरुले हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा नाराजुलुस गरेका थिए ।

भैरहवाको लुम्बिनी गेटबाट निस्केको मोटरसाइकल र्याली बुद्धचोक, नयाँ सडक, देवकोटाचोक, बैंकरोड, मिलनचोक, नारायणपथ हुँदै पुनः लुम्बिनी गेटमा पुगेर सभामा परिणत भएको कार्यक्रम संयोजक रवि कुमार रौनियारले बताए ।
प्रदर्शनमा सहभागिहरुले संघीयता खारेज गर, धर्मनिरपेक्षता खारेज गर, संघीयता बोझ हो, राष्ट्रघाती गणतन्त्र खारेज गर, सनातन हिन्दु राज्य कायम गर, संवैधानिक राजसंस्था नेपालीको चाहना, हिमाल पहाड तराई, कोही छैन पराई लगायतका नारा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial