लाखौंको अवैध मालसामान बरामद

उर्मिला यादव
नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट लाख ३६ हजार १० रुपैया मुल्य बराबर अवैध मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार आइतबार बिहान इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नम्बर नं ४ बाट भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १ लाख ६ हजार १ सय मुल्य बराबरको सुट,साडी, थान कपडा लगायतका बिभिन्न किसिमका कपडा बरामद गरेको छ ।
उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखी सामान फाली मानिस मोटरसाईकल सहित भागेको समेत प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १ लाख २८ हजार मुल्य बराबरको ३२ बोरामा १६ क्वीटल हरियो मटर प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं. ५ बसहियाबाट बरामद गरेको छ ।
त्यसैगरी नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १८ हजार मुल्य बराबरको ३ बोरामा १५० केजी छोडा र सोही समयमा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ७४ हजार १ सय ६० मुल्य बराबरको मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरबाट बरामद गरेको जनाएको छ ।
भने भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ९ हजार ७ सय ५० मुल्य बराबरको बिभिन्न किसिमका कपडा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली रामग्राम नगरपालिका वडा नं. ५ बाईपास चोकबाट बरामद गरेको छ ।
उक्त मालसामान मोटरसाईकलमा राखि ल्याउदै तथा लैजादै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेको प्रहरीले जनाएको छ । बरामद भएका सामानहरु आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु लामाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial