रोहिणीमा मायादेवी च्यारिटेबल फाउण्डेशन द्वारा १२३ जनालाइ कम्मल वितरण

भैरहवा । मायादेवी च्यारिटेबल फाउण्डेशनले शनिबार रुपन्देहीको रोहिणी गाउँपालिका–४ स्थित पकडिहवामा न्यानो कम्मल वितरण गरेको छ । बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर १२३ जनालाई कम्मल वितरण गरिएको फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले मायादेवी च्यारिटेबल फाउण्डेशनले उदाहरणीय कार्य गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य देवेन्द्र पाण्डेय ‘सागर’, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही जिल्ला सचिवालय सदस्य संजय गुप्ता, जसपाका युवा नेताद्वय विद्या यादव, महेन्द्र गुप्ता (प्रशान्त), धकधई सामुदायिक समाज सेवा केन्द्रका अध्यक्ष जय प्रकाश यादव, समाजसेवी श्रवण पाण्डेय, बास रुपन्देहीका निर्देशक विजया खत्री लगायतले बोल्दै मायादेवी च्यारिटेबल फाउण्डेशनले सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिदै आएको चर्चा गरे । युवा समाजसेवी इन्द्रजित रायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial