ओमसतिया गाउँपालिकामा भोली सार्वजनिक विदा

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले मंसिर १५ गते (भोली) सार्वजनिक विदा दिएको छ । पूर्णिमाको दिन ओमसतिया–५ स्थित ओमसतियामाई मन्दिरमा लाग्ने सिलौटिया मेला यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक मेलाको रुपमा विशेष किसिमले मनाइने भएकोले विदा दिइएको गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)ले बताए ।

गाउँपालिकाको निर्णय अनुसार सोमबार गाउँपालिकाभित्र सम्पूर्ण स्वास्थ्य संस्था, विद्यालय, वडा कार्यालय, गाउँपालिका कार्यालय लगायत सम्पूर्ण सरकारी कार्यालयहरुलाई सार्वजनिक विदा दिइएको उपाध्यक्ष सुन्दरमति कुमारी हरिजनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial