छठ पर्व रुपन्देहीमा पनि विभिन्न कार्यक्रम आयोजना गरि पर्व मनाइदै

भैरहवाँ । छठ पर्वको दिन रुपन्देहीमा विभिन्न कार्यक्रम आयोजना गरि पर्व मनाइदैछ । जिल्लाको दक्षिणी क्षेत्र मर्चवार त्यस्तै रोहिणी गाउँपालिका, ओमसतिया,देवदह लगायतका घाटमा छठी माइको श्रद्धालु महिलाहरुले पूजा अर्चना गरि धुमधामका साथ बिधि पुर्वक पर्व मनाइदैछ ।

शुक्रबार सांझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइनेछ भने शनिबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुनेछ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।

लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial