धकधईबाट अवैध सामान बरामद

भैरहवा । रुपन्देही प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको १ लाख भन्दा बढीको अवैध सामान बरामद गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधई स्थित भन्सार छली चोरी पैठारी निकासी गरी अवैध रुपमा सामान ओसारपोसार गर्दै गर्दा १ लाख ३० हजार ८ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताए । बरामद टमाटर,प्याज,अटोरिक्साको सिसा,छोहडा,झोला, पर्दा,कुरकुरे, र सुट लगायतका सामानहरु आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial