मिसन संघ रुपन्देहीमा लाटोमगर

भैरहवा । जापान गोजूरियो कराते डो मिसन संघ, नेपाल रुपन्देहीको चौथो अधिबेशन भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले उमेश थापा लाटोमगरको अध्यक्षतामा १३ सदस्यीय समिती निर्वाचित भएको छ ।

उपाध्यक्षमा ज्ञान प्रसाद चौधरी ,सचिव सन्तु दंगोरिया थारु , कोषाध्यक्ष गोपाल थापा र सदस्यहरु दिलमाया कोइराला ,राजकुमार हरिजन ,झबिलाल थापा, रामु बस्नेत ,भगवती भण्डारी ,विमल गुरुङ, चन्द्र बहादुर सुनार र हरी पुरी रहेका छन् भने सल्लाहकार समितिमा अनुप श्रेष्ठ ,धिरज पुन र खेमराज गुरुङलाई चयन गरेको छ ।


अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथी रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रबिण पोख्रेलले खेलकुद भनेको राष्ट्रको मेरुदण्ड हो खेललाई राजनीतिकरण गरिनु हुदैन बताए । विशिष्ट अतिथि संघका प्रमुख सल्लाहकार भरत बहादुर केसी , संघका केन्द्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक खडक बहादुर राना काजी , अतिथि अधिवक्ता राम बहादुर बस्नेत हृदयलेकाली , खुकुरी क्लब बेलहियाका अध्यक्ष राम बहादुर बस्नेत , भगवती भण्डारी ,अनिल थापा मगर, प्रमुख प्रशिक्षक तथा संघका केन्द्रिय अध्यक्ष के बि राना काजी लगायतले बोलेका थिए ।


सन्तु दंगोरिया थारु को स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन गिरि प्रसाद पुन ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial