पार्टीका अन्तरबिरोधले संघियतामा असर गर्दैन : विश्वकर्मा

भैरहवा । प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले कुनै पनि पार्टीको अन्तरबिरोधको कारण संघियतामा कुनै असर नपर्ने बताएका छन् । उनले अहिले नेपालका मूल राजनैतिक पार्टीमा देखिएका अन्तरबिरोधका कारण संघियता बिरोधीहरु सल्बलाउन थालेको बताउदै अगाडी बढी सकेको संघियताको बिषयमा कुनै शंका नगर्न आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी निर्वाचन क्षेत्र नम्बर १(१) ले बिहिबार धकधईमा आयोजना गरेको जनता आवास कार्यक्रम तथा बिकास निर्माण समृद्धि बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद विश्वकर्माले अहिले नेकपा मात्रै हैन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीमा पनि अन्तरबिरोध रहेको बताए । उनले पार्टी सुदृढिकरणको लागी अन्तरबिरोध आवश्यक रहेको जिकिर गर्दै यसले सम्बन्धित पार्टी र संघियता कार्यान्वयन र लोकतन्त्रमा कुनै असर दावी गरे ।

यस्तै सोही कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य डाक्टर कृष्ण प्रसाद न्यौपानेले अहिलेको विकास दक्षिणी क्षेत्रबाट सुरु गरिने बताए । उनले दक्षिणी भेगका सीमावर्ती क्षेत्रबार सुरु गरि उत्तर तर्फ लैजाने प्रदेश सरकारको योजना रहेको बताए । सोही अनुसार अहिले सीमावर्ती क्षेत्रहरुमा बिभिन्न बिकास निर्माणका कामलाई अगाडी बढाईएको बताए । भौतिक पूर्वाधार मात्र नभई त्यहा बस्ने स्थानियहरुको जिवनस्तर उकास्न पनि प्रदेश सरकारले बिभिन्न सीपमूलक एवम आयमूलक कार्यक्रमहरु सञ्चालन गर्ने उनले जानकारी दिए ।

यस्तै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले प्रदेश र संघले कार्यक्रम गर्दा स्थानिय तह संग समन्वय गर्न आग्रह गरे । उनले गाउँपालिकामा जनता आवास कार्यक्रमले गाउँपालिकाका स्थानिय जनता नै लाभान्वित हुने भए पनि यसको छनौट बिधि पारदर्शी गर्न केन्द्र र संघ अग्रसर हुनु पर्ने बताए । जनता आवास कार्यक्रम अन्र्तगत छनौट प्रक्रिया देखी यसका अनुगमन र फछर्यौट सम्ममा कुनै भुमिका नभएको उनले गुनासो गरे ।
रोहिणी गाउँपालिकाको वडा नम्बर ३ र ७ का अति विपन्न ११ जनाको जनता अवास कार्यक्रम अन्र्तगत घर निर्माण गर्ने गरि छनौट गरिएको छ । वडा नम्बर ३ मा ४ जना र वडा नम्बर ७ मा ७ जनाको घर निर्माण गरिने नेकपा क्षेत्र नम्बर १(१) का संयोजक संजय गुप्ताले जानकारी दिए । उनले प्रत्येक घरको लागी ३ लाख ३६ हजार बजेट बिनियोजन भएको बताए ।

सांसदद्वारा स्वास्थ्य सामाग्री प्रदानप्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत पर्ने रोहिणी गाउँपालिकालाइ स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।कोरोना भाईरस नियन्त्रणका लागी थोरै भए पनि सहयोग पुगोस भन्ने उद्देश्यले स्वासथ्य सामाग्री प्रदान गरिएको विश्वकर्माले बताए । गाउँपालिकालाई १ थान थर्मल गन, ५ थान फेस सिल, ६ सय थान सर्जिकल मास्क, ५ थान चश्मा र ३ थान सेनेटाईजर प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial