रोहिणीमा जनमत पार्टीको वडा अधिवेशन सम्पन्न

भैरहवा । जनमत पार्टी रोहिणी गाउँपालिका वडा नम्बर ५ को वडा अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले वडामा ११ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २५ जना जनमत पार्टीमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा अमरेश यादव,हृदेश यादव, हिरामन हरिजन, जंगबहादुर हरिजन लगायत रहेका छन् । नवप्रवेशीहरुलाई प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादवले सदस्यता प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै यादवले जनमत पार्टीले नै मधेशी जनताको अधिकार सुनिश्चित गर्ने दावी गरे ।
कार्यक्रममा पार्टीका नेता चन्द्र कुमार सिंह ,शम्भु यादव ,सुजित चौधरी, विष्णु चौधरी लगायतको उपास्थिति थियो । शिवचरन केवाटको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial