दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले थाल्यो प्रशिक्षण

भैरहवा । दुर्घटना न्यूनीकरणका लागि लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले चालक, सह–चालकहरुका लागि प्रशिक्षण कार्यक्रम गरेको छ । सवारी दुर्घटनाले ठूलो जनधनको क्षति भएसँगै प्रदेश ट्राफिक कार्यालयले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिकले टिप्पर चालक, सह–चालक, बीच प्रशिक्षण कार्यक्रम सुरू गरेको हो ।

बढ्दो सवारी चाप, सवारीसाधन चलाउँदा ओभरटेक कसरी गर्ने, दाँया बायाँ कसरी मोड्ने, कति गतिमा सवारी चलाउने, लेन अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि ट्राफिक जनचेतनामुलक ३ मिनेट सडकमै प्रशिक्षण दिएका थिए ।

यो कार्यक्रमलाई बुटवलमा मात्रै नभइ लुम्बिनी प्रदेशभरी सुरुवात गरिएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रहरी प्रवक्ता ,प्रहरी नायब उपरिक्षक डिल्ली नायराण पाण्डेयले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial