भन्सार छलीको सामान बरामद

भैरहवा । रुपन्देही प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको साढे १२ लाख भन्दा बढीको अवैध सामान बरामद गरेको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ सिपवास्थित भन्सार छली चोरी पैठारी निकासी गरी अवैध रुपमा सामान ओसारपोसार गर्दै गर्दा मंगलबार १२ लाख ६८ हजार ४ सय ९० रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताए ।
लु २ च ३३११ नम्बरको जीपमा ८ वडा पाडा, चिनी ८ बोरा, प्याज ६० के.जी., साडी २१ पिस, कागजको पटाका २ बोरा, ओखर, मटर २५ केजीको ५० बोरा, लु २ च २०५ नम्बरको छोटा हात्तीसहित सामान प्रहरीले फेला पारी जीपसहित सामानहरु आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial