सिक्टहनमा २४ घण्टे बर्थिङ्ग सेन्टर संचालन

भैरहवा । रुपन्देहीको देवदह नगरपालिका वडा नं १२ सिक्टहन स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर संचालनमा आएको छ । देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङले बर्थिङ्ग सेन्टर उद्घाटन गरेका हुन ।

उदघाटन कार्यक्रमका प्रमुख अतिथि खत्रीले देवदह नगरपालिका ११ र १२ वडालाई लक्षित गरि स्वास्थ्य चौकीमा २४ घण्टे बर्थिङ्ग सेन्टर सुरु गरिएको बताए । नगरप्रमुख खत्रीले स्वास्थ्य मौलिक हक भएकोले कुनै पनि मानिस स्वास्थ्य सेवाबाट वन्चित नहुने उद्देश्यका साथ नगरपालिकाले काम अघि बढाएको बताए । उनले देवदह नगरपालिकालाई शुन्य होम डेलिभरी घोषणा गर्ने तयारी समेत गरेको बताए । संघिय सरकार र देवदह नगरपालिकाको संयुक्त लगानीमा १५ सैयाको अस्पताल निमार्णको कार्य अघि समेत बढेको बताए । देबदह नगरपालिकामा अहिले ३ बटा स्वास्थ्यचौकी र २ वटा शहरी स्वास्थ्य संस्था रहेको उनले बताए ।

देवदह केराबानी भन्दा सिक्टहन क्षेत्र बिकासका काममा पछि भएकोले अहिले तल्लो क्षेत्रबाट काम सुरु गरेको बताएका छन । नगरपालिकाको ७ ५ र ७ मा संघिय सरकारको बिषेश अनुदान र नगरपालिकाको ५० प्रतिशत लगानीमा स्वास्थ्य संस्था निर्माणको लागी ठेक्का संझौता भइसकेको बताए ।

उदघाटनमा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्षमी गुरुङले हाल रहेको २३९ जना प्रति १ लाख मात्रृमृत्यु दरलाई घटाई सन् २०३० सम्म ७० जना प्रती १ लाखमा झार्ने संघीय सरकारको लक्ष्यलाई पूरा गर्ने उदेश्यका साथ र देवदह नगरपालिकालाई जिरो होम डेलिभेरी बनाउने उदेश्यका साथ सिक्टहन स्वास्थ्य चौकीमा २४ घण्टे बर्थिङ्ग सेन्टर सुरु गरिएको बताईन । उनले भनिन् सबै स्वास्थ्य संस्थामा यो सेवा सुरु भएको छ,अब प्रचार प्रसार, अस्पतालमा आउन प्रोसाहन र मुस्कानसहितको स्वास्थ्य सेवा दिने र देवदह नगरपालिकालाई जिरो होम डेलिभेरी बनाउने बताईन ।

देवदह नगरपालिका वडा नं १२का वडा अध्यक्ष एबं सिक्टहन स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष वाबुलाल यादबको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत पित्ताम्बर पाण्डे, स्वास्थ्य चौकी इन्चार्ज्बरेशम बिक देबदह नगरपालिका स्वास्थ्य संयोजक कासिनाथ बन्जाडे, जिल्ला स्वास्थ्य कार्यलयका प्रतिनिधि सिक्टहन स्वास्थ्य चौकी ब्यबस्थापन समितिका उपाध्यक्ष भेषराज भटराई लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial