पूर्व मन्त्री सर्वेन्द्रनाथ शुक्ललाई कोरोना संक्रमण

भैरहवा । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्ललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पूर्व शिक्षामन्त्री शुक्लले समाजिक संजाल मार्फत आफ्नो पीसीआर परीक्षणको नतिजा पोजेटिभ आएको बताएका छन् ।

उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वास्थ्यमा ध्यान दिन आग्रह पनि गरेका छन् । असोज ३० गते मझगावाँ स्वास्थ्य चौकीमा दिएको स्वाव पीसीआर परीक्षण गराउँदा बुधबार रिपोर्ट पोजेटिभ आए पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण भने नरहेको अनुराग शुल्कले बताए ।

संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका छन् । पुर्ब मन्त्री शुक्ल सहित ७७ जना स्वाव दिएका कोटहीमाई गाउँपालिका स्वास्थ्य संयोजक मन बहादुर कुँवरले बताए । अहिले अरु बाकी सबैका रिपोर्ट आउन बाँकी रहेको कुवँरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial