लागूऔषधसहित कपिलवस्तुमा दुईजना पक्राउ

भैरहवा । प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १ मन्कौराबाट लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट सिमा गस्तीमा खटिएको संयुक्त टोलीले दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १४ का २० वर्षीय आकाश गुप्ता र वडा नम्बर १० बबईका २१ वर्षीय विजय कुमार वानियालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नाइट्राभेट–१० लेखेको ८ पत्तामा प्रतिपत्ता १५ ट्याब्लेटका दरले जम्मा १२० ट्याब्लेट, ट्रामोल–५० लेखेको १५ पत्तामा प्रतिपत्ता १० क्याप्सुलका दरले १५० क्याप्सुल नाइट्राभेट–१० लेखेको ७ पत्तामा प्रतिपत्ता १५ ट्याब्लेटका दरले जम्मा १०५ ट्याब्लेट, ट्रामोल–५० लेखेको १५ पत्तामा प्रतिपत्तामा १० क्याप्सुलका दरले १५० क्याप्सुल गरी दुवै जनाको साथबाट जम्मा नाइट्राभेट–१० लेखेको १५ पत्ताको १५ ट्याब्लेटका दरले २२५ ( दुई सय पच्चिस ) ट्याब्लेट र ट्रामोल–५० लेखेको ३० पत्ताको १० क्याप्सुलका दरले ३०० क्याप्सुल फेला परेकोले उक्त लागु औषध नाइट्राभेट–१० र ट्रामोल–५० बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial