भैरहवाको एभरेष्ट आयल सप्लायर्समा भीषण आगलागी(क्षति बिवरण सहित)

भैरहवा । रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ । सिद्धार्थनगरपालिका वार्ड नं.८ मा रहेको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ । आज सोमबार राती करिब ७ः३० बजे पम्पको लागि इन्धन लिएर आएको ट्यांकरले ट्यांकीमा तेल खनाउने क्रममा ट्यांकरमा आगलागी भएको हो । आगोलागी बाट लु२ख १५४१ नम्बरको ट्याङ्कर पुर्ण रुपमा नस्ट भएको र सो मा रहेको ३० हजार लिटर डिजल पनि नस्ट भएको छ । इन्धन खन्याउने मेशिन अपरेटर नारायण खनालको हात खुट्टा पोलेर सामान्य घाइते भएको रुपन्देही प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए । आगो सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका,बुटवल उपमहानगरपालिका,लुम्बिनी सांस्कृतिक नगरपालिकाका दमकलले संयुक्त रुपमा निभाइसकेको उनले बताए । समयमानै विभिन्न नगरपालिकाका दमकलहरुको संयुक्त प्रयासले आगो नियन्त्रणमा आएको र अन्य जोखिम टहरेको स्थानीयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial