१३ दिनमा अख्तियारको तीन अपरेशन : ‘रक्षक’ पक्राउमा ‘हेट्रिक’

भैरहवा । घटना १ : रुपन्देहीको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी नायब निरीक्षक (सई) गगन सिंह बोगटीले कार्यालयमा दर्ता भएको लेनदेनको उजुरी मिलाइदिने प्रयोजनका लागि स्थानीय दुर्गेश यादवगँ पाँच हजार घुस लेनदेन गरिरहेको अवस्थामा घुस लिने दिने दुवै जना पक्राउ परे ।

घटना २ : रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलका हवल्दार शिवचन्द्र सहानी र उनकी श्रीमती निर्मला केवटले हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाईदिन सहयोग गरेबापत चार लाख रुपैयाँ घुस सहित पक्राउ परे ।

घटना ३ : सब डिभिजन वन कार्यालय मुर्गिया रुपन्देहीका वनरक्षक प्रेमचन्द्र विकले काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसगँ १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परे ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालका अनुसार पछिल्लो १३ दिनमा गरिएको तीन वटा स्टिङ अपरेशनमा तीन जना ‘रक्षक’ सहित पाँच जना पक्राउ परेका छन् ।

अख्तियारले गरेको स्टिङ अपरेशन मध्ये पहिलो (असोज १९ गते) मा प्रहरी नायब निरीक्षक, दोस्रो (असोज ३० गते) मा प्रहरी हवल्दार र उनकी श्रीमती तथा तेस्रो (कार्तिक १ गते) मा वन रक्षक पक्राउ परेका हुन् । बुटवल अख्तियारको २४ घण्टामा दुई वटा स्टिङ अपरेशन सफल भएको छ ।

यस बाहेक असोज २३ गते अख्तियारको सम्पर्क कार्यालय नेपालगंजको टोलीले बाँकेको इलाका प्रहरी कार्यालय खजुरा खुर्दका हवल्दार राजेश बहादुर द्वालले निजी जग्गामा रहेको आँपको काठ चिरान मिल र ईट्टा भट्टामा लैजानको लागि सहजीकरण गरिदिने भनी सेवाग्राहीसगँ १३ हजार रुपैयाँ घुस लिदै गर्दा पक्राउ परे ।बुटवलका प्रहरी हवल्दार प्रहरी दिवसकै दिन पक्राउ परे भने अर्का नेपालगंजका हवल्दार र लुम्बिनीका सई प्रहरी दिवसको केही दिन अघि मात्रै पक्राउ परेका हुन् । नेपाल प्रहरीका महानिरिक्षकले प्रहरी संगठनमा भ्रष्टाचार नियन्त्रण गर्ने÷नरहेको जति भाषण दिएपनि फिल्डमा मातहातका प्रहरी घुसमै रुम्मलिएका छन् ।

कानुन मिच्नेलाई पक्राउ गरी कानुनी कठघरामा उभाउने जिम्मेवारी पाएका ‘रक्षक’हरु आफै कानुन मिचेर आर्थिक लाभ लिने दाउमा रहेको अख्तियारको स्टिङ अपरेशनले देखाउँछ । तर, पछिल्लो रुपन्देहीको तीन र बाँकेको एउटा घटनामा घुस सहित पक्राउ परेका ‘रक्षक’हरुको आरोप पुष्टि भइसकेको छैन ।दसैँको मुखैमा अख्तियारले गरेको स्टिङ अपरेशनमा पक्राउ परेकाहरुको यसपालीको दसैँ थुनामै मनाउने भएका छन् ।

अख्तियारका अनुसार यी चारै जना ‘रक्षक’ हरु घुस लिएको अवस्थमा पक्राउ परेका हुन् । चारै जनाको रक्षा गर्ने जिम्मेवारी हो । तर, पाएको जिम्मेवारी निर्वाह गर्नुको साटो कानुनलाई मिचेर अघि बढ्दा आफै प्रहरी थुनामा पुगेका छन् ।

सीमा क्षेत्रमा अधिकांश प्रहरी विभागीय उद्देश्य भन्दा राजनितिक पहुँच लगाएर खट्दा समस्या देखिएको नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्ल बताउँछन् ।राजीनितिक वा माथील्लो अधिकृतसगँ भनसुन गराएर सीमा क्षेत्रमा आउने अधिकांश प्रहरी अतिरिक्त कमाई गर्नेले उद्देश्यले आउने गर्दछन् । प्रहरीमा यो एक किसिमको परम्परा बनिसकेको छ ।

सीमा क्षेत्रको दरबन्दीका लागि प्रहरीका हाकिम देखि लिएर जवानसम्मले लबिङ गर्छन ।भनसुन गरेर सीमा क्षेत्रमा खटाउने क्रम नियन्त्रण नभएसम्म समस्या समाधान हुन कठिन रहेको उनको भनाई छ । प्रहरीको सेवा सुविधा कम रहेको अवस्थामा पनि भ्रष्टाचारलाई अंगालो हाल्ने नमिल्ने भन्दै उनले फिल्ड खटाइएका प्रहरी माथी पनि निगरानी बढाउन आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial