विभिन्न कार्यक्रम गरी मनाइयो ६५ औं प्रहरी दिवस

भैरहवा । लुम्बिनी प्रदेशमा ६५ औ प्रहरी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रांगणमा अमर प्रहरीमा माल्र्यापण, पुरस्कार वितरण र मन्तव्यसहित दिवस मनाइएको हो ।

कार्यक्रमका लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रले सुम्पेको जिम्मेवारी पुरा गर्न प्रहरी संगठन काविल सावित भएको बताएका छन् । उनले सिमित साधनश्रोतका बाबजुद अपराध नियन्त्रण, अनुसन्धान र ट्राफिक व्यवस्थापन एंव समग्र शान्ति सुरक्षा कायम गर्दै जिम्मेवारी पुरा गर्न प्रहरी काविल सावित भएको बताए ।

मुख्यमन्त्री पोखरेलले अपराध नियन्त्रणसंगै सडक सुरक्षा, प्राकृतिक विपत्ति, लागुऔषध दुब्र्यसन नियन्त्रण तथा पछिल्लो समय कोभिड–१९ को नियन्त्रण तथा राहत वितरणमा समेत प्रहरीको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै नागरिक सचेतनाका कार्यमा प्रहरीको अग्रसरता आवश्यक रहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक रविन्द्र धानुकले प्रविधिको विकाससंगै अपराधका प्रकृति पनि फेरिएको उल्लेख गरे । प्रहरी संगठन पनि प्रविधियुक्त बन्न जरुरी रहेको उनले बताए । धानुकले एक दुई जना गैरव्यवसायिक प्रहरीको क्रियाकलापका कारण ६५ वर्ष पुरानो प्रहरी संगठनको बदनाम हुने अवस्था आउन नदिन त्यस्ता प्रहरीप्रति निर्मतापुर्वक लाग्ने समेत बताए ।
सोही अवसरमा वीर अमर प्रहरीको परिवारलाई दोसल्लासहित कदरपत्र प्रदान गरिनुको साथै कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्रसहित पुरस्कृत र सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial