चार लाख घुस सहित प्रहरी हवल्दार पक्राउ

बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हवल्दार शिवचन्द्र सहानीलाई चार लाख घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले पक्राउ गरेको छ ।

धरौटीमा छुटाईदिन सहयोग गरे वापत सेवाग्राहीसँग लिएको चार लाख घुस सहित हवल्दार र उनकी श्रीमती निर्मला केवटलाई पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

उनीहरुलाई रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ७ स्थित खनाल मिठाई पसल छेउबाट रंगेहात नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial