किया कारको भैरहवामा अधिकृत बिक्रेता बरुण मोटर्स

भैरहवा । नेपालको लागी दक्षिण कोरियाली अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राईजेज प्रालिले भैरहवा क्षेत्रमा किया कारको बिक्री, वितरण र विक्रि पछिको सेवाको जिम्मा (डिलरशिप) मोर गु्रप अन्तरगतको वरुण मोटर्स लाई दिएको छ ।
यस गु्रप खनिज, वैंक तथा वित्त उत्पादनमूलक, खाद्यान्न, साथै रियल स्टेट क्षेत्रमा समेत ख्याती कमाएको व्यावसायिक घराना हो र यो गु्रपले तिन वर्ष अघि अटोमोवाईल क्षेत्रमा समेत प्रवेश गरेको थियो ।

गु्रपका अध्यक्ष रमेश कुमार अग्रवाल भैरहवा क्षेत्रका विभिन्न सामाजिक र व्यापारिक संस्थाहरुमा अग्रणी व्यक्तित्वका रुपमा रहेका छन् । व्यवसाय अहिले गु्रपका निर्देशक द्धय राहुल अग्रवाल र बरुण कुमार अग्रवालले हेर्दै आएका छन् ।
ग्रुपले भैरहवामा कियाको बिक्री बितरणको जिम्मा लिए पछि कियाका साथ आफूहरु गुणस्तरमा उपल्लो तहकोे ब्राण्डसंग जोडिएको छ ।
बरुण मोटर्सले कियाका सबै ब्राण्डहरुका कारहरु बिक्री गर्ने मात्र नभई बिक्री पछिका सबै सेवाहरु प्रदान गर्ने र आधुनिक सर्भिस सेन्टर समेत उपलब्ध रहेको अध्यक्ष अग्रवालको भनाई छ ।
कियाका कारहरु बिक्री बितरणको जिम्मा संगै बरुण मोटर्सले कियाको लोकप्रिय एसयुभी सेल्टोस, सोनेट र स्र्पोटेजको बिक्री, बितरण तथा प्रबद्र्धन कार्य समेत सुरु गरेको निर्देशक राहुल अग्रवाल बताउछन् ।
भैरहवा बजारमा सेल्टोस
अहिले मुख्य रुपमा सेल्टोस बिश्व अटो बजारमा निकै लोकप्रिय बन्दै गएको छ । सेल्टोस कियाको भारतमा उत्पादन भई नेपाल भित्रिएको पहिलो गाडी हो । यसअघिका कियाका गाडीहरु कोरियाबाटै आयात हुन्थे । कियाले सन् २०१९ मा भारतमा प्लान्ट राखेर उत्पादन सुरु गरेको हो । सेल्टोस भारतीय बजारमा प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड– एसयुभि बन्न सफल भएको थियो । भारत ६ इन्जिन जडित सेल्टोस कियाको ग्लोवल मोडल हो । यसले विश्वभरका मिड एसयुभि पारखीहरुबाट उत्साहजनक प्रतिक्रिया पाएको र भैरहवा क्षेत्रमा पनि धेरैले मन पराईसकेको र अहिले सम्म २० वटा बुकिंग भैसकेको छ ।
भारतमा सेल्टोस धेरै लोकप्रिय भैसकेको छ र नेपालमा पनि धेरैले रुचाएको मध्ये एक हो । भारतमा ११ महिनामै १ लाख भन्दा बढी सेल्टोस र सोनेट कार बिक्री भएका थिए । सेल्टोसमा १० ईन्चको स्क्रिन, बोस म्युजिक सिष्टम, फ्रन्ट र व्याक एलईडी लाइट, एअर प्युरिफायर, डि कट स्टेरींग, युभि ग्लास, भेन्टीलाटेड सीट र अन्य बिशेषता रहेको कम्पनिका प्रतिनिधी रबि जिसीले बताए ।
अन्य कम्पनिका ज्यादै महगो गाडीहरुमा रहेका प्राय सबै बिशेषताहरु यो गाडीमा रहेको र मुल्य समेत अन्यको तुलनामा कम रहेकोले यसमा सबैको आकर्षण बढेको छ ।
भारतमा निर्माण भएकाले यसका सामानहरु सुपथ मुल्यमा बजारमा पाईने भएकाले झन सजिलो हुने छ र सर्भिस सेन्टरमा २४ घन्टानै सेवा उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial