कोरोनाबारे सचेतना फैलाउदै शसस्त्र प्रहरी

भैरहवा । सीमा सुरक्षा गरि रहेको शसस्त्र प्रहरीले सीमा क्षेत्रमा रहेका स्थानियहरुलाई कोरोना भाइरसबारे जानकारी गराउदै यसबाट जोगिने उपाय बारे सचेतना फैलाउने अभियान सुरु गरेको छ ।

बिशेष गरि रुपन्देहीका सीमा क्षेत्रका बासीन्दालाई लक्षित गरि कोभिड–१९ बाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने बिषयमा केन्द्रित रहि शसस्त्र प्रहरीले अभियान थालेको छ । शसस्त्र प्रहरी बल नेपाल, नम्बर २७ गण हेड क्वार्टर रुपन्देहीले बिहिबार मात्र जिल्लाका बिभिन्न १४ स्थानमा सचेतनामूलक कार्यक्रम गरेको जानकारी दिएको छ ।

सीमा क्षेत्रमा बसोबास गर्ने महिला, जेष्ठ नागरिक र बालबालिकालाई लक्षित गरि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको शसस्त्र प्रहरी बल नेपाल, नम्बर २७ गण हेड क्वार्टर रुपन्देहीका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।
उनले स्थानियहरुलाई सुरुमा हात धुने तरिकाबाट सुरु गरि नागरिकलाई कोभिडबारे आधारभूत जानकारी र यसबाट जोगिने तरिकाबारे जानकारी गराईन बताए । त्यसपछि उनिहरुलाई परामर्शको साथै कोभिडबारे तयार गरिएको बिभिन्न सचेतनामूल पर्चा पम्पलेट र मास्क बितरण गरिने छ ।
सचेतनामुलक कार्यक्रमले केहि हद सम्म भएपनि नागरिकहरुमा चेतना फैलाउँने उद्देश्य रहेको उनले बताए । सामान्य जानकारी सहितको सचेतना फैलाउने उद्देश्य सहित सुरु गरिएको यो अभियान आगामी दिनमा पनि निरन्तरता दिने शसस्त्र प्रहरीको भनाई छ ।
रुपन्देहीको भैरहवामा बिहिवार भएको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले संक्रमण फैलिन नदिन टोल टोल र गाउ गाउमा सचेतनाका प्रभावकारी कार्यक्रमहरु अनिवार्य रहेको बताए । उनले नागरिकहरुलाई सचेत बनाउने यो अभियानमा पूर्ण साथ रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial