सदस्य सचिव शाक्यद्वारा पदभार ग्रहण

भैरहवा । लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिव सानुराजा शाक्यले बुधबार लुम्बिनीस्थित कोषको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

कोषका उपाध्यक्ष मेत्तेय भन्तेको उपस्थितिमा कोषका पदाधिकारी एवं कर्मचारीले कोषको कार्यालयमा नवनियुक्त सदस्य सचिव शाक्यको स्वागतमा एक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

स्वागत कार्यक्रमपश्चात आजबाट पदभार ग्रहण गरेका सदस्यसचिव शाक्यले कार्यालयको निरीक्षण गरेका थिए । उनले आजै मायादेवी मन्दिरमा पुगेर मायादेवी तथा बुद्ध जन्मथलोको दर्शन गरेका थिए ।

सदस्यसचिव शाक्यले लुम्बिनीमा रहनु भएका अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मिक्षु मैत्री महास्थविरलाई भेट गरेका थिए । लुम्बिनीस्थित थाइ राजकीय विहारको निर्माणकाक्रममा लामो समय बिताएका उनले त्यस बिहारमा पुगी विहारको अवलोकन पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial