प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएसंगै अवैध सामान बरामद हुँदै

भैरहवा । रुपन्देहीको विभिन्न सीमा क्षेत्रबाट रुपन्देही प्रहरीले गाडीसहित १२ लाख ५९ हजार पाँच सय बराबरको अवैध सामान बरामद भएको छ । भारतबाट नेपाल भित्र्याउँदै गर्दा कुचोको प्लाष्टिकको डोरी, नरिवल, रेडबुल, प्याज, कपडाजन्य सामान बरामद गरेको हो ।

भारतबाट चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा सीमा क्षेत्रमा प्रहरीले उक्त अवैध समान साथै सामान ओसारपोसारमा प्रयोग भएको लु १ ज ३२३२ नम्बरको बोलेरो जिप, लु १७ प २०९९ र लु १३ प २९४० नम्बरको मोरसाइकल समेत बरामद गरी थप आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले जानकारी दिए । प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएसंगै अवैध समान बरामद हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial