बब्लु शुक्ला जनमत पार्टीमा प्रवेश

भैरहवा । सम्मरीमाइ गाउपलिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) सि के राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गर्ने सहमति गरेका छन । २०७३ सालमा भएको स्थानिय तहको निर्वाचनमा तत्कालिन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक ) बाट गाउपालिक अध्यक्षमा उम्मेदवारी दिएका शुक्ला बिजयी भएका थिए । फोरम लोकतान्त्रिक नेपाली काङ्ग्रेसमा समाहित भए पछि नेकपामा प्रवेश गरेका उनी पछि नेकपा पनि परित्याग गरेका थिए । मंगलबार सम्मरीमाइ गाउपालिकामा आयोजित कार्यक्रममा शुक्ला सि के राउत नेतृत्वको जनमत पार्टीमा औपचारिक रुपमा पार्टी प्रवेश गर्ने सहमती गरेका छन । उनलाइ पार्टीका केन्द्रिय सदस्यहरु अब्दुल खा, भोपेन्द्र यादव र इरफान सेख ले पार्टी प्रवेश गराउन सहमती गराएका थिए । पार्टी प्रवेश सहमती कार्यक्रमलाई सम्बोधन गर्दै नेता शुक्लाले भ्रष्टाचार हटाउन, बिपदबाट जोगाउन जनमत सेनाको आवश्यकता रहेको औल्याए । जनताको मत र इच्छाको कदर गर्दै आफुले जनमत पार्टी चयन गरेको बताए । अहिले जनताको मत जनमत पार्टीमा रहेको जिकिर गर्दै उनले जनमत पार्टीको सहयोगमा अन्य पार्टीलाई धपाउने दावी गरे । यस्तै कार्यक्रममा बोल्दै जनमत पार्टीका केन्द्रिय सद्स्य इरफान सेखले मधेस र मधेशीको हकहित र मुक्तिको लागि पार्टी प्रवेश गरेकोमा धन्यवाद दिए । यस्तै अर्का केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादवले जनताको शासनको अनुभुती दिलाएको जितेन्द्र नाथ शुक्लाले मधेश र मधेसी जनताको साथ दिन पार्टी प्रवेश गरेको बताए । उनले शुक्लाले मधेश स्वतन्त्र नभए सम्म पार्टीलाई साथ दिने प्रतिवद्द्ता सहित पार्टी प्रवेश गरेको जनाए । उनले अहिले बिषम परिस्थितिका कारण पार्टीका केन्द्रिय सम्योजक सि के राउत आउन नसकेको कारण पार्टी प्रवेश नभए पनि चाडैं नै केन्द्रिय सम्योजकको हाथबाट शुक्लालाइ पार्टी प्रवेश गराइने बताए । यस्तै केन्द्रीय सदस्य अब्दुल खानले जनमत पार्टीले पटक पटक मधेस र मधेसीको हकहितको लागि काम गर्दै आइरहेको बताए । उनले यो एतिहासिक सहमतिले मधेसको उज्वल भविस्य तय गरेको जिकिर गरे । उनले सम्पुर्ण मधेशीहरुलाइ जनमत पार्टीमा आवद्ध हुन आग्रह गरे । नेकपा, नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी लगायत पार्टीहरु मधेशीको शोषण मात्र गर्ने र जनमत पार्टी मात्र मधेशको उद्दार गर्ने भएकोले सबै यसमा आवद्द हुन आग्रह गरे । जनताको शासन कायम गर्न जनमत पार्टीको बिकल्प नभएको खाले जिकिर गरे । कार्यक्रममा जितेन्द्र नाथ शुक्ला सहित आदम अलि देवान, अहमद अलि शाह, अजय दुबे लगायतले पार्टी प्रवेश गर्ने प्रतिवद्द्ता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial