विभिन्न पार्टी परित्याग गरी २५ जना जसपामा प्रवेश

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी २५ जना जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन् । रोहिणी–५ उत्तर टोला तरकुलहामा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २५ जना जसपामा प्रवेश गरेका छन् भने ४१ सदस्यीय टोल समिति समेत गठन गरिएको पार्टीका युवा नेता विद्या यादवले बताए ।
उनीहरुलाई जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’, युवा नेता विद्या यादव, विजय बहादुर सिंह थारु, बिरेन्द« यादव ,घनश्याम सिंह क्षेत्री लगायतले पार्टीमा प्रवेश गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial