सिमा क्षेत्रका जनता विना वर्दीका सिपाही : विश्वकर्मा

भैरहवाँ । नेकपाका स्थायी कमिटी सदस्य एवंम् संघिय सासंद छविलाल विश्वकर्माले सिमा क्षेत्रका जनता बिना बर्दीका सिपाही भएको बताएका छन । रुपन्देहीको रोहिणी गाँउपालिकामा पर्ने दशगजा क्षेत्रको अवलोकन गर्दै उनले सो कुरा बताएका हुन । राष्ट्रलाई पर्ने हरेक संकटहरुमा सिमा क्षेत्रका बासिन्दाले नै अग्रपङ्तीमा रहेर प्रतिरोध गरेको स्मरण गर्दै विश्वकर्माले कोरोना कहरलाई नियन्त्रण गर्न पनि सिमा क्षेत्रका जनताको मह्त्वपूर्ण भूमिका रहेको बताए ।

पछिल्लो समय कोरोनाको प्रभाव बढ्दै गएकोले त्यसबाट जोगिन आवश्यक स्वस्थ मापदण्ड पूरा गर्न पनि उनले आग्रह गरे । सासंद विश्वकर्माले तीनै तहका सरकारले कोरोना रोकथामका लागि विभिन्न कार्यक्रम संचालन गरेकोले त्रसित नहुन पनि अनुरोध गरे । जनतालाई स्वस्थ राख्नको लागि जनप्रतिनिधि तथा राजनितिक दलका कार्यकताहरुले अंहम भूमिका खेल्नू पर्ने बताउँदै उनले सबैको सहकार्यबाट महामारीलाई अन्त्य गर्न सकिने धारणा राखे । सोही क्रममा सासंद विश्वकर्माले विभिन्न वडामा संचालन भएका विकास निर्माणका योजनाहरुको अवलोकन गरेका थिए ।

यसै बीच संघीय सासंद विश्वकर्माले रोहिणी गाँउपालिका वडा नँ ४ स्थिति तरकुल्लाह र सोहिलीहवामा कालो पत्रे सडकको उदघाटन गरेका छन् । स्थानिय पूर्वाधार विकास कार्यक्रम २०७६ र रोहिणी गाँउपालिकाको संयुक्त लगानीमा निर्माण भएको सडकको उदघाटन गर्दै उनले क्षेत्रका विभिन्न गाँउवस्तीमा बिकासका पूर्वाधारहरु तयार हुदै गएको बताए । ०४६साल पछि २८ वर्षमा नभएका कामहरु भन्दा यो सरकार गठन भए पछिको ३ वर्षमा भएका पूर्वाधार विकास अत्यधिक रहेको उनले दाबी गरे । विश्वकर्माले अब बाँकी रहेका अवधिमा पार्टीले घोषणा गरेका कामहरु पूरा गरेर छोड्ने ठोकुवा गरे । त्यस्तै रोहिणी गाउँपालिकाको सेमरहवामा सामुदायिक भवनको संघीय सासंद विश्वकर्माले उदघाटन गरे । स्थानिय पूर्वाधार विकास कार्यक्रम २०७६ र रोहिणी गाँउपालिकाको संयुक्त लगानीमा निर्माण भएको सामुदायिक भवनको उदघाटन कार्यक्रममा प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपाने, जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विक, केशव शाही, नेकपा लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा ओमसतिया गाँउपालिकाका अध्यक्ष हिरा केवट, नेकपाका जिल्ला सचिवालय सदस्य संजय गुप्ता, पार्टीका रोहिणी गाँउ कमिटी अध्यक्ष प्रदीप पाण्डे लगायतले बोलेका थिए । कार्यक्रममा नेकपा रोहिणीका सचिव नरसिंह चौधरी , नेता मिना पाण्डे,युवा नेता भोला क्षेत्री, नेत्रमणि पाण्डे, जीवन थारु लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial