रुपन्देही एफ.एम.का स्टेशन म्यानेजर पाण्डेलाई कोरोना संक्रमण

भैरहवा । रुपन्देही एफ.एम. १०२ मेगाहर्जका स्टेशन म्यानेजर शंकर पाण्डेलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पत्रकार पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसेका छन् ।

कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा शनिबार पीसीआर रिपोर्ट पोजिटिभ आएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

पाण्डे सिद्धार्थनगर नगरपालिकाका प्रेस सल्लाहकार, लुम्बिनी प्रेस क्लबका कार्यसमिति सदस्य, प्रेस संगठन नेपाल प्रदेश नम्बर ५ सदस्य लगायत विभिन्न्न जिम्मेवारीमा समेत छन् ।

विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पाण्डेलाई कोरोना संक्रमण भएपछि विभिन्न संघ–सस्थाहरुले स्वास्थ्य लाभको कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial