ट्राफिक प्रहरीको अग्रसरतामा पाल्पामा यात्रु सहायता स्थापना

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले चाडपर्वको समयमा यात्रुको सुविधालाई ध्यानमा राख्दै पाल्पाको तानसेन नगरपालिका–६ बसपार्कमा यात्रु सहायता स्थापना गरेको छ । दशैँ, तिहार र छठ जस्ता पर्वहरूमा यात्रुको चाप अत्याधिक बढ्ने र त्यस्तो अवस्थालाई व्यवस्थित गर्न र यात्रुलाई ठगिनबाट बचाउन नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएका छन् कि छैनन् भन्ने उद्धेश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक (सई) पृथ्वीनारायण काफ्ले बताए । सहायता कक्षमा कुनै प्रकारको गुनासो आए तत्काल सुनुवाई गर्ने व्यवस्था रहेको उनले बताए । ‘सवारी साधनमा हुन सक्ने यात्रुका समस्याहरू, चर्को भाडादर असुली, सामान चोरी, सामान छुट्ने, अनावश्यक चिजवस्तुहरुमा केही खुवाएर लठ्ठ बनाएर समान लुट्ने, सुरक्षा मापदण्ड लगायतका समस्याहरू सम्बोधन गर्छौ,’ उनले भने, ‘यस्तै सवारी दुर्घटना कम गर्ने तथा सवारी दुर्घटनाले पुग्न गएको मानवीय सवारी सम्पत्तिको क्षतिमा रोकथाममा पनि ध्यान दिन्छौ ।’ यात्रु सहायता कक्षमा विद्यमान कोरोना महामारीलाई ध्यानमा राख्दै उक्त महामारीबाट बच्न सचेतना अपनाउने सावधानीको बारेमा जानकारी गराइने समेत काफ्लेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial