जनताको सुख दुखमा सहभागी हुनुस : विश्वकर्मा

भैरहवाँ । संघिय सांंसद एवंम् नेकपाका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पार्टी कार्यकर्ताहरुले यो संकटको बेलामा जनताको बीचमा पुगेर काम गर्नुपर्ने बताएका छन् । कोभिड–१९ को असर र प्रभावले चारैतिर समस्या निम्त्याईरहेको अवस्थामा पार्टीको तर्फबाट कार्यकर्ताहरु जागरुक भएर समस्या समाधानको निम्ति क्रियाशिल रहनुपर्ने विश्वकर्माले बताए ।
पार्टीको क्षेत्र नम्बर १ समन्वय कमिटि रुपन्देहीको ४ नम्बरमा आयोजना गरिएको बैठकमा बोल्दै संघीय सांसद समेत रहनुभएका विश्वकर्माले जनतासगँ गरिएका प्रतिबद्धतालाई क्रमै सगँ पुरा गर्दै जाने उल्लेख गरे । पूर्व मन्त्री समेत रहनुभएका विश्वकर्माले जनतासगँ धेरै अपेक्षा रहेकाले ती अपेक्षालाई पुरा गर्न नेकपाको सरकारले ध्यान दिएको जानकारी दिदैं उनले जनतालाई परिवर्तनको आभास दिलाउन सरकार प्रतिबद्ध रहेको दाबी गरे ।
बैठकमा बोल्दै नेकपाका लुम्बिनी प्रदेश कमिटिका सदस्य तथा पार्टीका रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदीले पार्टी संगठनलाई मजबुत बनाउन सबै तहका कमिटिहरु परिचालित हुनुपर्ने बताए । बुटवल उपमहानगर पालिकाका प्रमुख समेत रहनुभएका सुवेदीले जनताको बीचमा गएर काम गर्न सकिएमा पार्टी प्रतिको जनविश्वास बढ्दै जाने धारणा राखे ।
पार्टीका क्षेत्रीय कमिटि संयोजक यज्ञ गैरेको अध्यक्षता र सचिव गोविन्द पंगेनीको संचालनमा भएको बैठकमा पार्टीका जिल्ला सचिव तथा प्रदेश कमिटिका सदस्य निर्मल जिसी र प्रदेश कमिटि सदस्य तथा प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपाने,नेकपाका युवा नेता संजय गुप्ता लगायतको उपस्थितमा भएको कार्यक्रममा देवदह नगर कमिटिका अध्यक्ष प्रकाश अर्याल,तिलोत्तमा नगर कमिटिका सचिव लक्ष्मण खनाल, रोहिणी गाउँ कमिटिका अध्यक्ष प्रदिप पाण्डे र ओमसतिया गाउँ कमिटिका अध्यक्ष प्रमोद यादवले आ–आफ्नो कमिटिका काम कारवाही बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial