विभिन्न पार्टी परित्याग गरी २१ जना जसपामा प्रवेश

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायत विभिन्न पार्टी परित्याग गरी २१ जना जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन् । रोहिणी–५ पिपरहवाँ टोलमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २१ जना जसपामा प्रवेश गरेको पार्टीका युवा नेता विद्या यादवले बताए ।
उनीहरुलाई जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’, युवा नेता विद्या यादव, विजय बहादुर सिंह थारु, जुद्धा प्रकाश चौधरी, रोहित सहानी ,घनश्याम सिंह क्षेत्री, रामकिशुन यादव ,चन्द«केश यादव लगायतले पार्टीमा प्रवेश गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial