समाजसेवी गुप्ताद्वारा सामुदायिक विद्यालयलाई स्वास्थ्य सामाग्री प्रदान

भैरहवा । राप्रपाका रुपन्देही जिल्ला उपाध्यक्ष एंवम् युवा समाजसेवी अजय कुमार गुप्ताले रुपन्देहीको एक सामुदायिक विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । उनले मायादेवी गाउँपालिका–७ स्थित श्री सिद्धार्थ बाल निकेतन केदार पाण्डे माध्यमिक विद्यालयलाई १ हजार थान मास्क, १० लिटर सेनिटाइजर, १ थान थर्मल गन र २० थान फेस शिल्ड हस्तान्तरण गरेका हुन ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै विद्यालयमा अध्ययनरत विद्यार्थी तथा कार्यरत शिक्षकहरुलाई कोरोनाबाट बच्न केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री सामाग्री उपलब्ध गराएको गुप्ताले बताए ।
विद्यालयका प्रधानाध्यापक रविकान्त उपाध्यायले विगत लामो समयदेखि बन्द रहेको सामुदायिक विद्यालयको पठनपाठन केही प्रक्रिया र सावधानी अपनाइ गत हप्तादेखि सञ्चालन गरिएको बताए । उनले समाजसेवी अजय कुमार गुप्ताले सराहनीय कार्य गरेको भन्दै धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial