लुम्बिनी प्रदेशका सभामुख घर्तीलाई कोरोना पुष्टि

बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना आसंकामा सभामुख घर्तीको पिसिआर परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएकोले उनीसँग सम्पर्कमा आएका सबैले पिरसिआर परिक्षण गराउन प्रदेश सभा सचिवालयले आग्रह गरेको छ ।
सभामुख घर्तीको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र अहिले सभामुख निवासमै आइसोलेसनमा रहेको उनको निजि सचिवालयले जनाएको छ ।
यसअघि आजै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial