राप्रपा र राप्रपा संयुक्तबीच रुपन्देहीमा पार्टी समायोजन

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच भैरहवाँ पार्टी कार्यालयमा कार्यक्रम बीच पार्टी समायोजन भएको छ । समायोजन भेलाले सागर प्रताप राणाको अध्यक्षतामा १ सय ५१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ जिल्ला उपाध्यक्षमा चन्द्रशेखर प्रसाद पाण्डे रहेका छन् ।
भैरहवामा भएको समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य ताहिर अलीले आगामी निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा राप्रपाको संगठन विस्तारलाई तीव्रता दिनुपर्ने बताए ।
राप्रपा बुटवल उपमहानगरपालिका कमिटी अध्यक्ष निरज प्रताप खांणको स्वागत, पार्टीका रुपन्देहीका उपाध्यक्ष कृष्ण प्रसाद भण्डारीको धन्यवाद ज्ञापन तथा युवक संगठनका जिल्ला सभापति शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial