गाउँगाउँमा विकासको लहर शुरु : सांसद विश्वकर्मा

भैरहवाँ । प्रतिनिधिसभा सांसद तथा पूर्व कृषिमन्त्री छबिलाल विश्वकर्माले गाउँगाउँमा विकासको लहर सुरु भएको बताएका छन् । उनले समाजको बिकाशमा पुरुष मात्र नभइ महिलाहरुले पनि अगुवाइ गरिरहेको भन्दै नेकपाको सपना पुरा हुने दिशामा समाज अगाडी बढेको दाबी गरे । संजिवनी आमा समुह तिलोत्तमा १२ बर्मेलीटोलको सामुदायीक भवन तथा सभाहलको उद्घाटन कार्यक्रममा सांसद विश्वकर्माले अहिले कोरोनाले सबै क्षेत्रलाई त्राही त्राही बनाएको भन्दै प्रत्येक नागरिक सचेत हुदै अगाडी बढनुको बिकल्प नरहेको बताए ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य गोपाल भट्टराईले महिलाहरुको अगुवाइमा समाजको बिकाश क्रम सुरु भएको भन्दै खुशी व्यक्त गरे । उनले पिछडिएको क्षेत्रमा विकासको क्रम सुरु भएको भन्दै पूर्वाधार निर्माण तथा आर्थिक विकासले फड्को मार्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial