छोटो समयमै सामाजिक कार्यमा अब्बल

भैरहवा । बाढी, आगलागी लगायतका दैवि प्रकोपमा सरकारी राहत पुग्न समय लाग्ने गरेको छ । सामान्य ब्यवस्थापन गर्दा गर्दै पनि पिडितहरु समक्ष सरकारी संयन्त्रको राहत पुग्न समय लाग्ने गरेको छ । यस्तो अवश्थामा पिडितहरुको घाउमा मलम बन्ने गरेका छन स्थानिय संघ संस्थाहरु । तिनै संघ संस्था मध्ये एक हो लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध ।

स्थापना भएको २ बर्षमै लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले आफुलाई अब्बल सावित गरेको छ । दैवि बिपत्तिमा मात्र हैन अन्य सामान्य अवश्थामा पनि सामाजिक कार्यमा एक कदम अगाडी नै सर्ने गरेको छ यो संस्था । मर्चवारमा आएको बाढी र यसका पिडितहरुको लागि सबै भन्दा पहिला लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध नै राहत लिएर पुगेको थियो ।

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको दोश्रो अध्यक्षको रुपमा रहेका छन अरुण कुमार मिश्र । ३ महिने कार्यकालमा उनले बिभिन्न ८ वटा कार्यक्रम सम्पन्न गरेको बताए । यस्तै यस अघिको कार्यकालमा पनि गौतम गुप्ताको नेतृत्वमा यो संस्थाले रुपन्देहीका बिभिन्न पिडितहरुलाई सहयोग गरेको थियो ।

पछिल्लो समय कोभिड–१९ को प्रकोप बढ्दै गए पछि लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले आफ्नो सक्रियता यसको सचेतनामा लगाएको क्लबका अध्यक्ष अरुण कुमार मिश्रले बताए । उनले कोरोना महामारीबाट जोगिन सचेतनामूलक कार्यक्रमका साथै हात धुनको लागी पानीटंकी पनि जडान गरिएको जानकारी दिए । भैरहवाको देवकोटा चोकमा यस्तो पानीटंकी जडान गरेको क्लबले बिहिबार बसन्तपुर स्वास्थ्य केन्द्रमा पनि हात धुने पानी टंकी हस्तान्तरण गरेको छ ।

‘हात धोऔं कोरोनाबाट बचौं, लायन वर्ष २०२०÷२१ भव्य बनाऔं’ भन्ने नाराका साथ मंगलम पाइप्स एण्ड टयांकस्को सहकार्यमा क्लबले बिहीबार उक्त पानी टंकी हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्टे«टेजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले पुनित कार्य गरेको बताए । उनले स्वास्थ्य केन्द्रलाई केही भए पनि राहत मिलेको बताए । स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीलाई हात धुने वातावरण सिर्जना गर्न उनले स्वास्थ्य केन्द्रलाई आग्रह गरे । स्थापनाको छोटो अवधिमै क्लबले रचनात्मक कार्य गर्दै आएको उनको भनाइ छ ।

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका अध्यक्ष अरुण कुमार मिश्रको अध्यक्षता तथा लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्टे«टेजिक चिफ पीएमजेएफ नवराज न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका इभ्यालुयसन टिम हेड विनोद खरेल, लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका संस्थापक अध्यक्ष तथा लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपाल एरिया–४ का कोषाध्यक्ष एमजेएफ गौतम कुमार गुप्ता, बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्र इञ्चार्ज अरुण खरेल, समाजसेवी तथा बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समिति सदस्य श्रवण कुमार पाण्डेय, लायन्स क्लब अफ भैरहवा लुम्बिनीका संस्थापक अध्यक्ष रवि कुमार रौनियार लगायतले बोलेका थिए

कार्यक्रम संयोजक मनमित सिंह गान्धीको स्वागत, क्लबका सह–सचिव सुमेर विक्रम खांणको ध्वजा अभिवादन तथा सचिव राजन शुक्लाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial